बाजुरा सदरमुकाम मार्तडीको सडक अस्तव्यस्त
बाजुरा सदरमुकाम मार्तडीको बिच बजारमा रहेका तीन वटा सडक अस्त व्यस्त बनेका छन् । विच बजारमा रहेको ३ सय ५४ मिटर सडक र तुफान डाँडादेखि त्रिवेणी चोकसम्मको करिब ५ सय मिटर सडक अस्तव्यस्त बन्दै गएको छ । माथिल्लो बजारमा रहेको सडकको बिच बजारमा हटाउनु पर्ने घर, बिजुलीको पोल नहटाउँदा बिच बजारमा सडक निर्माणमा अस्तव्यस्त बनेको छ । त्यस्तै तुफान डाँडादेखि त्रिवेणी चोकसम्मको सडक लगातारको वर्षाका कारणले पनि एक महिनादेखि सडक अस्तव्यस्त बनेको यातायात व्यवसायीले वताएका छन् । बडीमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म १ सय ७० मिटर सडक र गौडाडिलदेखि खुलामञ्चसम्मको १ सय ८४ मिटर सडक पानीका कारणका साथै ठेकेदार कम्पनीले काम नगर्दा हिलाम्मे र अस्तव्यस्त बनेको छ ।
सडक निर्माण कार्य भएको महिना वितिसक्दा पनि निर्माणको जिम्मा लिएका दुई कम्पनीले समयमै सडक निर्माण नगर्दा सो क्षेत्र जाने बाटो हिलै हिलो भएको छ । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, वृद्धवृद्धा, अपाङ्ग भएका व्यक्तीले निकै सास्ती भोग्दै आएका छन् । सडक निर्माण कार्य अधुरै छोडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटल व्यवसायीले समेत हैरानी खेप्दै आएका छन् । हिलाम्मे सडकमा ट्याक्टर आएमा हिलो पसल र होटलहरुमा जाने भएकाले समयमा ढोका नै बन्द गर्ने गरेको श्रेष्ठ स्टेशनरी तथा फोटोकपीका व्यापारी रोशन श्रेष्ठले वताए । उनले थपे “नगरपालिकाले छिटो सडक बनाउने भन्दै मुआव्जा दिदै धमाधम घरहरु भत्काउन लगायो । अहिले सडक निर्माण ढिलाई हुदै गएको छ ।” नगरपालिकाले समयमैै सडक निर्माण गरेको भए आवतजावत गर्न र व्यापारी समेत ढुक्क हुने उनले वताए ।
गौडाडिलदेखि खुलामञ्चसम्मको जिम्मा लिएको डिवी कन्ट्रक्सनका ठेकेदार विजयराज पण्डितले सडक छेउछाउका घरधनीले समयमै बाटो खाली नगर्दा समस्या भएको वताए । उहाँले सडक छेउमा रहेका दिपा बोहोरा र कविता थापाको घरधनीले सडकको बाटो नछोड्दा केही ढिलाईसंगै त्रिवेणी साना जलविद्यूत केन्द्रले विद्युतका पोल नहटाउँदा निर्माण कार्यमा बाधा भए ठेकेदार पण्डितको भनाई रहेको छ । बडीमालिका नगपालिकाका नगर प्रमुख पदम बडुवालले थोरै काम भएकाले सहमति भएको जग्गा छोड्ने सहजीकरण हुदै गएको छ । घरधनीहरुले सडक निर्माणका लागि आवश्यक सडक छोड्ने सहमती भएर काम अगाडी बढाइने नगर प्रमुख बडुवालको भनाई रहेको छ । त्यस्तै तुफान डाँडादेखि त्रिवेणी चोकसम्मको उनीहरुले सडक निर्माण कम्पनीले समयमै काम नगर्दा हिलाम्मे सडक भएपछि अस्तव्यस्त बनेको दुनी हाट बजार व्यवस्थापन समितिका मोहनलाल नेपालीले वताए । सडक निर्माण तथा अन्य विकास निर्माका कार्यमा नगरपालिका सुस्त बन्दै गएको बताइएको छ । पहिला दिएको सडक निर्माणको तिव्रतालाई पछिल्लो समयमा नगरपालिकाले त्यति ध्यान नदिएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नेपालीले वताए । सडक नबन्दा जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको भवन निर्माणमा समेत प्रभावित बनेको छ ।