२ सय २१ जनामा कोरोना पुष्टि
२०७९ भदौ २०, ०५:४०
काठमाडौँ: पछिल्लो २४ घण्टामा २२१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी चार हजार ५८ जनाको नमुना परीक्षण गर्दा २२१ जनामा सङ्क्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा २०६ जना सङ्क्रमित निको भएका छन्। नेपालमा अहिले २ हजार ४४४ जना सक्रिय सङ्क्रमित रहेका छन्।
कमेन्ट लोड गर्नुस