बैतडीमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस, को–को परे ?
बैतडी: नेकपा एकीकृत समाजवादी बैतडीले संघ र प्रदेशका लागि उम्मेदवार सिफारिस गरेको छ। भदौ १६ गते बसेको जिल्ला कमिटी बैठकले अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो।
समाजवादीले बैतडीवाटबाट प्रतिनिधि सभाका सदस्यका लागि प्रत्यक्षतर्फ परमानन्द भट्ट र सामानुपातितर्फ माया भट्ट र लालसिंह कार्कीको नाम सिफारिस गरेको छ।
यस्तै प्रदेश सभा सदस्यका लागि बैतडी निर्वाचन क्षेत्र (क) बाट परमानन्द भट्ट ,नरेन्द्र विष्ट र भृकुटी चन्द सिफारिस भएका छन्। यस्तै प्रदेश सभा (ख) बाट महादेव भट्ट, राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस गरिएको बैतडी जिल्ला कमिटीले जनाएको छ।