सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब तीन दिनसम्म शौचालयमा थुनिइन् महिला 

२०७९ भदौ १९, ११:०० खबर संवाददाता

५४ वर्षकी एक थाई महिला घरको शौचालयमा थुनिइन्। सहायताका लागि ढोकामा हानिन् कसैले सुनेनन्। बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन। उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिइन्। 

उनले आफ्ना छिमेकी र बटुवाको ध्यान खिच्ने प्रयास धेरै नै गरिन् तर कसैले पनि उनको रोदन सुनेनन् त्यसैले उनले धाराको पानीमा बाँच्नु पर्यो। दुई दिनपछि उनी असाध्यै थाकिन् र मृत्यु निश्चित देखेपछि क्रिमले शौचालयको भित्तामा अन्तिम मेसेज लेखिन्। 

जसमा लेखिएको थियो –‘म अगस्ट २२ देखि शौचलयमा थुनिएकी छु। यदि म मरेँ भने मेरो इच्छाको ख्याल राख्न जे लेकलाई दिनु। टुकको सम्पत्ति तुवा टुन टुमलाई दिनु।

मैले बाँच्न धाराको पानी खाएँ। पानी नखाएको भए म मरिसक्थेँ। मैले ढोका फोड्न खोजेँ, म चिच्याएँ तर मलाई कसैले पनि सुनेनन्।’ ती महिलाको स्वास्थ्य अवस्था हाल राम्रो छ। -एजेन्सी 
 

कमेन्ट लोड गर्नुस