सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको शिक्षा स्वास्थ्यमा भारतको सहयोग अतुलनीय छः गृहमन्त्री खाण

२०७९ भदौ १८, ०९:०१ खबर संवाददाता

रुपन्देहीः गृहमन्त्री बालकृष्ण खाणले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको अतुलनीय सहयोग रहेको बताएका छन्। उनले नेपालको विकास लागि भारतले गरेको सहयोगप्रति धन्यवादसमेत दिए। 

श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–३ स्वामीनगर, धकधई रुपन्देहीको निर्मित दुईतले भवन तथा प्रयोगशालाको समुद्घाटन समारोहमा शनिबार उनले संयुक्त राष्ट्रसङ्घको एउटा गतिशील मुलुकका रुपमा नेपाल अघि बढिरहेको बताए। 

नेपाली र भारतीय जनताबीचको सम्बन्धले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले नेपाल र भारतको भाषा, भेषभूषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो रहेको उल्लेख गरे। 
 

कमेन्ट लोड गर्नुस