सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट २२ जना जुवाडे नगदसहित पक्राउ 

२०८२ कार्तिक ६, ०८:५९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट २२ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक न.१२ स्थित जनक शाहको घरमा जुवा तास खेलीरहेका टीकापुर नगरपालिका–१ बस्ने ५८ वर्षीय जनक शाहसहित १० जना पक्राउ परेका छन्। उनीहरुलाई नगद १ लाख १३ हजार ६ सयसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ देबिस्थान स्थित डम्बर दमाईको स्टोर कोठाबाट तास खेलीरहेका सोही ठाँउ बस्ने दलबहादुर दमाईसहित ४ जना पक्राउ परेका छन् यी चार जनालाई नगद २१ हजार ८७५ र १ गड्डी ताससहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोल स्थित दिनेशबहादुर बमको नास्ता पसलबाट बमसहित ८ जनालाई नगद ३० हजार ९३५ र २ गड्डी ताससहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस