सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिमा गएका थापालाई एमालेले पार्टीबाटै निकाल्यो

२०७९ भदौ १६, ०७:४० खबर संवाददाता

धनगढीः आज मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका पुर्व अध्यक्ष रतन थापालाई नेकपा एमाले कैलालीले साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको छ। नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीद्वारा हस्ताक्षरित पत्रमा थापालाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको छ।

पार्टी बिधानको धारा ८१ को उप धारा १ बमोजिम थापालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको पत्रमा उल्लेख छ। थापा संगै उनकी पत्नी तथा लम्की चुहा नगरपालिकाकी निबर्तमान उप प्रमुख टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पुर्ण साउँदलाइपनि पार्टीले निश्कासन गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस