बैतडी पुगेर पोखरेलले भनेः एसपीपी सम्झौता एमालेका कारण रोकिएको हो
बैतडी: नेकपा एमालेका महासचिव शंकर पोखरेलले एसपीपी सम्झौता एमालेका कारण रोकिएको बताएका छन्। बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेले यस्तो बताएका हुन्।
उनले अहिलेको सरकार निर्दलीय भएको पनि बताएका छन्। उनले भने ‘हामी संसदीय व्यवस्था, दलिय व्यवस्थामा छौं। तर यो सरकारले संसद र दलले बनाएको होइन्। त्यसैले यो सरकार निर्दलीय हो।’
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार अलोकतान्त्रिक भएको उनले दाबी गरे। यो सरकार लोकतान्त्रिक चरित्रको सरकार नभएको उनले बताए।
यस्तै महासचिव पोखरेलले एसपीपी सम्झौता एमालेका कारण रोकिएको दाबी गरे। उनले भने ‘यो सरकार र गठबन्धन देश र जनताका लागि काम गर्न सक्तैन् । त्यसैले मंसिर ४ को चुनावमा राष्ट्रिय हित गर्ने पार्टीलाई जिताउनुपर्छ।’