एमाले बैतडीले गर्यो (क) बाट पाल र (ख) बाट भट्टको नाम सिफारिस
बैतडीः आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ।
पाटनमा बसेको क्षेत्रीय कमिटी बैठकले प्रदेश सभा क्षेत्र नम्बर (क)बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिस भएको गरेको छ। क्षेत्रीय कमिटी संयोजक अक्कलबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले पालको नाम सिफारिस गरेको हो।
यस्तै प्रदेश सभा क्षेत्र नं (ख) बाट केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सर्वसम्मत सिफारिस भएको छ। भट्ट अहिले पनि प्रदेशसभा सदस्य रहेका छन्। गएको चुनावमा उनी एमालेबाट निर्वाचित भएका थिए।