बझाङमा खेलकुदका अध्यक्षले ‘डनगिरि’ देखाएको आरोप, प्रतियोगिता स्थगित (भिडिओ)
धनगढीः बझाङमा जिल्ला छनोट प्रतियोगिता भइरहेका बेला जिल्ला खेलकुद विकास समिति बझाङका अध्यक्ष पुष्पलाल रोकायाले दादागिरी प्रदर्शन गरेको आरोप लागेको छ। फूल कन्ट्याक्ट कराँते प्रतियोगिताको छनोटका क्रममा रोकाया आफैं निर्णायक बसेका थिए। उनले टाइसेट बनाउँदा मनपरी गरेको, खेल सञ्चालनमा सल्लाह नगरी दादागिरी देखाएको आरोप लागेको हो।
अर्का निर्णायक लक्ष्मण बोहराका अनुसार समग्र प्रतियोगिता व्यवस्थापन गर्नुपर्ने अध्यक्ष रोकायाले संकुचित व्यवहार देखाएपछि प्रतियोगिता स्थगित भएको छ। ‘हामीले प्रदेश खेलकुद परिषद् धनगढीमा निवेदन दिएका छौं। अब प्रदेशले नै प्रतियोगिता गराउँला’, उनले भने। प्रतियोगितामा विवाद भएपछि कुर्सी हानाहान भएको भिडिओ नै सार्वजनिक भएको छ। तर, यता पुष्पलाल रोकायाले भने आफूमाथि नै हातपात भएको बताएका छन्। उनले खेल प्रतियोगितामा पानीको बोत्तल, कुर्सी प्रहार गरेर बिथोलेको जनाएका छन्।
यता, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकसिंहले भने कार्यालयमा उजुरी नपुगेको त्यस्तो उजुरी आएमा जानकारी गराउने बताए।