सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत एसिया कप क्रिकेटको सुपर चारमा

२०७९ भदौ १६, ०६:३६ खबर संवाददाता

काठमाडौं: साविकको विजेता भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ।  युएईमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भारत सुपर चारमा प्रवेश गरेको हो। बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो।

दुबईमा भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२ बनाएकाे थियाे।

 जितसँगै भारतले सुपर ४ मा स्थान बनाएको छ। पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो। समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ। भारत समूहको शीर्ष स्थानमा छ।

कमेन्ट लोड गर्नुस