सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा घरमा रूख ढल्दा ६ जना घाइते

२०७९ भदौ १५, १०:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा घरमा रूख ढल्दा ६ जना घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका ७ का ६ जना आज साँझ घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार स्थानीय दिपक बिष्टको घरमा तीज मनाउने क्रममा खयरको रुख घरमा खस्दा हाँगाले लागेर छ जना घाइते भएका हुन्।

घाइते हुनेमा १८ वर्षीय लक्ष्मी धानुक, १९ वर्षीय लक्ष्मी भण्डारी, ५० वर्षीय मैना पार्की, ३० वर्षीय कमला जोशी, १५ वर्षीय खगेन्द्र धामी र ४५ वर्षीय लीलाधर भट्ट छन्।

घाइतेमध्ये लक्ष्मी धानुक र लक्ष्मी भण्डारीको अवस्था गम्भीर छ। घाइते छ जनाको झलारीस्थित निजी अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस