सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीजकै दिन महेन्द्रनगरको टेकमाईण्ड नेटवर्कको शाखामा तालाबन्दी

२०७९ भदौ १४, ०४:४२ खबर संवाददाता

धनगढीः कञ्चनपुरको टेकमाईण्ड नेटवर्क महेन्द्रनगर शाखामा तालाबन्दी गरिएको छ। कम्पनीले समयमा तलव नदिएको भन्दै महेन्द्रनगर शाखामा कार्यरत कर्मचारील आज (तीजकै दिन) तालाबन्दी गरेका हुन्।

कम्पनीले विगत तिन महिनादेखिको तलव नदिएकोले तालाबन्दी गरिएको उक्त कम्पनीमा कार्यरत पुष्पराज जोशीले बताए। ‘चाडवाडको मुखमा पुग्दासमेत कम्पनीले जेठदेखिको तलव दिएको छैन्,’ जोशीले भने, ‘कम्पनीका उच्च पदाधिकारीहरुसंग कुरा गर्दासमेत कुनै प्रतिक्रिया नआएकोले शाखामा तालाबन्दी गर्न बाध्य भएका हौ।’ 

कम्पनीको उक्त शाखामा कार्यरत ३० जना कर्मचारीमध्ये २५ जनाको तलव जेठ महिनादेखि रोकेर राखेको उनले बताए। यता, प्रबन्धक रवी रोकायाले भने कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण ढिलो भएको जनाए।
 

कमेन्ट लोड गर्नुस