बाजुराकी एक महिला बेपत्ता
धनगढी: बाजुराकी एक महिला बेपत्ता भचएकी छिन्। जिल्लाको जगन्नाथ गाउँपालिका-६ की २६ वर्षीया निर्मला सार्की ११ गते मंगलबारबाट हराएकी हुन्।
उनी र उनका श्रीमान कालसिंह सार्की सुर्खेतमा कोठा भाडा गरी बस्दै आएका बताइएको छ। श्रीमान कपडा बेच्न गाउँतिर निस्केका बेला दिउँसो बजार जान्छु भनी हिँडेकी निर्मला ४ दिनसम्म पनि सम्पर्कमा नआएको उनका कान्छा ससुरा फागुने सार्कीले बताए।
निर्मलाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिइसकेको उनले बताए। निर्मलालाई कसैले कहीँ देखे वा भेटे ९८६०९८९२५२ र ९८४९६३३६६३ नम्बरमा फोन गरेर सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन्।