सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकाशमै दुई पाइलटबीच मुक्का हानाहान

२०७९ भदौ १३, ०३:४० खबर संवाददाता

एजेन्सी: एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्रै हात हालाहाल भएको छ। जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा उक्त घटना भएको भएको हो।

तर विमान सामान्य रूपमै आफ्नो गन्तव्यमा पुगेको कम्पनीले जनाएको छ। घटनामा संलग्न दुई जनालाई कम्पनीले निलम्बित गरेको जनाएको छ। विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए। 

स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो। यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए। 

कमेन्ट लोड गर्नुस