सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोईनसहित ३ युवक पक्राउ, कट्टुको खल्तिमा लुकाएका थिए

२०७९ भदौ १३, ०२:०८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा खैरो हेरोईनसहित ३ युवक पक्राउ परेका छन्। हिजो (आइतबार) बेलौरी नगरपालिका-१० भुडा चौराहाबाट उनीहरु समातिएका हुन्। 

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०११० प ३१९९ मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-१ बस्ने २८ वर्षीय कालुराम राना, पछाडि सवार अन्दाजी २४ वर्षीय अशोक कार्की र अन्दाजी २९ वर्षीय जनक धामीलाई समातिएको हो। 

उनीहरुलाई चेकजाँच गर्दा जनकको साथबाट कालो र रातो प्लाष्टिकको थैलीभित्र दुई ओटा पोकामा कट्टुको वायाँ खल्तिमा लुकाएर राखेको अवस्थामा शुद्ध १.६८ ग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस