सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार बस्नेतले वृक्षारोपण गरेर मनाए जन्मदिन 

२०७९ भदौ १२, ०७:५१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका पत्रकार दीपेन्द्र कुमार बस्नेतले वृक्षारोपण गरेर जन्मदिन मनाएका छन्। आफ्नो ५० औँ  जन्मदिनको अवसर पारेर आइतबार एक कार्यक्रमका बिच बस्नेतले पुनर्वास ८ क गाउँ स्थित श्री निवास दिव्य धाममा लोपोन्मुख कल्प वृक्ष र गोल्डमोरका बिरुवा रोपका हुन्। बोट बिरुवाले पर्यावरणलाई सुन्दर र स्वच्छ बनाउन ठुलो मद्दत पुग्ने भएकाले बृक्षा रोपण गरी जन्म दिन मनाएको पत्रकार बस्नेतले बताए।

‘फजुल खर्च गरी जन्म दिन मनाउनु भन्दा यसरी रचनात्मक  कार्य गरी जन्म दिन मनाउँदा हरियाली संरक्षण संवद्र्धन हुने भएकाले पनि  जन्मदिनको सार्थकता रहने गरी जन्मदिन मनाएको हुँ’ बस्नेतले भने, ‘बोट बिरुवाले पर्यावरणलाई सुन्दर र स्वच्छ बनाउन ठुलो मद्दत पुग्छ।’

वृक्षारोपणमा नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद दिवान सिंह विष्ट,  पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, उप प्रमुख भुलिया कुमारी राना, पचकडिया सब डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादव लगायतको उपस्थिति रहेको थियो। बस्नेत पुनर्वासबाट प्रकाशित हुँदै आइरहेको नागरिक आवाज साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादक हुन्।

कमेन्ट लोड गर्नुस