सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा देखिन थाल्यो डेंगु र मलेरिया

२०७९ भदौ १२, ०२:१७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन्। स्वास्थ्य संस्थाहरूमा केही दिनयता डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ। दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो।

साउनयता ६ जनामा मलेरिया देखिएको छ। यतिबेला महाकाली प्रादेशिक अस्पतालसंँगै विभिन्न स्वास्थ्य चौकीमा भाइरल र रुघा खोकीका बिरामी बढेका छन्। उनीहरूमध्ये नै डेंगु र मलेरिया देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बताए। महाकाली प्रादेशिक अस्पतालमा पनि मलेरिया र डेंगुका बिरामी देखिन थालेको बताइएको छ। गत सातासम्म ९ जनामा डंगु देखिएको अस्पतालले जनाएको छ। 

कञ्चनपुरमा गतवर्ष १५ जनामा डेंगु देखिएको थियो।
 

कमेन्ट लोड गर्नुस