बैतडीमा एसईई ग्रेड वृद्धिको परीक्षामा एक कार्टुन चिट भेटिएपछि...
धनगढीः बैतडीमा एसईई ग्रेड वृद्धि परीक्षा दिइरहेका परीक्षार्थीबाट एक कार्टुन चिट बरामद गरिएको छ। आइतबार विरेन्द्र मावि शाहीलेकमा परीक्षार्थीबाट चिट बरामद गरिएको हो। त्यहाँ अनुगमनका लागि पुगेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले चिट भेटाएको जनाएको छ।
अनुगमन टोलीका एक सदस्यका अनुसार फेला परेका चिट नष्ट गरिएको छ। यस्तै विरेन्द्र माविपछि दशरथचन्द मावि सुन्दरखालीमा पनि अनुगमन टोलीले परीक्षार्थीले मोबाइल चलाउँदै गरेको फेला पारेको छ। उनीहरुमाथि आवश्यक कारबाही गरिने पनि बताइएको छ।