सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयाका विद्यालयमा शिक्षक-विद्यार्थीले मोबाइल लैजान नपाउने

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ भदौ १२, १०:२६ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थीले मोबाइल लैजान नपाउने भएका छन्। गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यालयमा मोबाइल लैजान र प्रयोग गर्न नपाइने जनाएको हो।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुले विद्यालय समयभित्र फेसबुक चलाएका गुनासा बढेकाले मोबाइल प्रयोगमा निषेध गर्न सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए। मोबाइल फोनका कारण पढाइमा असर परिरहेका बेला गाउँपालिकाले प्रयोग निषेध गर्न गरेको परिपत्र कार्यान्वयन भए शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस