सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलिस स्टेशन नै नक्कली

२०७९ भदौ ११, ०६:४९

काठमाडौं: भारतको बिहारमा नक्कल्ली पुलिस थाना संचालन गरी सयौंलाई ठगी गरेको घटना सार्वजनिक भएको छ। ठगहरुको गिरोहले एउटा घर भाडामा लिएर ८ महिनासम्म नक्कल्ली पुलिस थाना संचालन गरेका हुन्।

ठगहरुले संचालनमा ल्याएको उक्त नक्कली पुलिस थाना वास्तविक पुलिस थानाबाट मात्र ५ सय मिटरको दुरीमा रहेको थियो। ठगहरुको समुहले उक्त थानामा सेवा लिन आउने हरुबाट पैसा उठाउने, जागिरको आश्वासन दिने लगायतका कामहरु गर्दै आएको बताइएको छ। 

एकजना सक्कली पुलिसले २ जना नक्कली पुलिसलाई स्थानीय बजारमा पाइने बन्दुक बोकेर हिँडेको देखेपछि यो घटना सार्वजनिक भएको थियो।  उक्त थानाबाट दुई महिलासहित ६ जना प्रहरीको नियन्त्रणमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस