सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमिका फेल भएपछि प्रेमीले विद्यालयमा लगाइदिए आगो

२०७९ भदौ ११, ०६:१७ खबर संवाददाता

काठमाडौं: एक २१ वर्षीय युवकले प्रेमिका फेल भएको झोकमा विद्यालयमा आगो लगाइदिएका छन्। घटनामा कुनै मानविय क्षति हुन पाएन तर विद्यालयको कन्ट्रोल रुम जलेर र धेरै महत्त्वपूर्ण कागजातहरू जलेका छन्।

यो घटना इजिप्टको मेनुफिया प्रान्तमा रहेको एउटा विद्यालयको हो। २१ वर्षीय केटाले आफ्नी प्रेमिकासँग विवाह गर्न गइरहेका थिए। तर उनकी भावी श्रीमती विद्यालयको परीक्षामा फेल भइन्। फेरि उनले विद्यालयमा आगजनी गरेको द नेशनलको रिपोर्टले जनाएको छ। 

प्रहरीसँगको सोधपुछमा उनले आफ्नो अपराध स्वीकार गरेका छन्। मुद्दा सम्बन्धित अदालतमा नपुगेसम्म उनलाई हिरासतमा राख्ने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस