सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवाको आक्रमणले २१ जनाको ज्यान गयो, फेरि आक्रमण हुँदा स्थानीय त्रसित

२०७९ भदौ ११, ०३:०५ खबर संवाददाता

बैतडी: बैतडीमा गत मंगलबार शिवनाथ गाउँपालिका–६ बसेडीमा विद्यालय गइरहेका १३ वर्षीय पारस धनाडीमाथि चितुवाले आक्रमण गरेको थियो। 

बिहानै साढे ५ बजेतिर विद्यालय जान लागेका उनलाई चितुवाले आक्रमण गर्दा शरीरका विभिन्न भागमा चोट लागेको थियो। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारपछि घर फर्किएका छन्।  यस्तै, सोमबार राति ९ बजेतिर सोही ठाउँका ६८ वर्षका बहादुर दमाईलाई चितुवाले आक्रमण गरेर घाइते बनायो । शौलाचय जान लागेका बेला उनलाई चितुवाले आक्रमण गरेको हो। 

पछिल्लो केही समययता चितुवा मानवबस्तीमा पस्न थालेपछि स्थानीयमा चितुवाको त्रास बढेको छ। चितुवाको डरले गाउँघरमा हिँडडुल गर्न पनि समस्या भएको स्थानीयले बताएका छन्।  चितुवाले ५ वर्षयता ८ गाविसमा २१ जनाको ज्यान लिइसकेको छ। ८ जना घाइते बनाएको छ। मृत्यु हुनेमा १९ बालबालिका र २ महिला छन्। चितुवाको आक्रमणबाट विशालपुरमा ९, उदयदेव, पंञ्चेश्वर र आमचौरामा ३/३ , कुलाउ, शर्माली, गिरेगाडामा १/१ जनाले ज्यान गुमाएका छन्।

स्थानीयले पटकपटक चितुवा नियन्त्रणको माग गर्दै आएका छन्। २०६८ असार यता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हुँदै आएको छ। 

‘बाघ’ मार्ने मान्छेहरु !

कमेन्ट लोड गर्नुस