धनगढी आइरहेको कार कञ्चनपुरमा मोटरसाइकलसँग ठोक्किएपछि...
धनगढीः कञ्चनपुरको पुनर्वासमा कार र मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको छ। पुनर्वास नगरपालिका वडानम्बर ५ को दोधा र सिमरीबीचको हुलाकी सडकखण्डमा मोटरसाइकल र कार आपसमा ठोक्किएका हुन्।
उक्त दुर्घटनामा २ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३-०१-०२२ च ९४९२ को कार र धनगढीबाट बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२-००३ प-५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
घाइते हुनेमा मोटरसाइकल चालक र पछाडि सवार रहेका व्यक्ति रहेका छन्। उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको बताइएको छ। तर, पहिचान खुलेको छैन।