सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको जगन्नाथमा वडाबाटै सामाजिक सुरक्षा भत्ता 

२०७९ भदौ १०, १०:४६ खबर संवाददाता

धनगढी: बाजुराको जगन्नाथ गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर ५ ले उक्त वडाका वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको हो।

वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिलाई बैंक पुग्न असहज हुने हुँदा वडा कार्यालयबाटै भत्ता वितरण गरिएको बताइएको छ। वृद्धवृद्धा २५ जना र ५ जना अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयबाट भत्ता दिइएको जनाइएको छ। 


 

कमेन्ट लोड गर्नुस