सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्वतन्त्रबाट चुनाव जितेका जनप्रतिनिधि एमालेमा फर्किदै

२०७९ भदौ ९, ०९:०५ खबर संवाददाता

बैतडी: बैतडीमा स्वतन्त्रबाट चुनाव जितेका जनप्रतिनिधिले एमालेमा फर्किने तयारी गरेका छन्। डिलासैनी गाउँपालिकामा स्वतन्त्र लडेर अध्यक्षमा निर्वाचित भएका सन्तोष जोशीसहितको जनप्रतिनिधिको टिमले नै एमालेमा फर्किने तयारी गरेको हो। डिलासैनीमा स्थानीय तहको निर्वाचनको बेला टिकट वितरणमा विवाद भएपछि जोशीको टिमले एमालेमा विद्रोह गरि स्वतन्त्र चुनाव लेडेका थिए।

त्यसपछि उनीसहित उनको टिमबाट तीन जना वडा अध्यक्ष पनि निर्वाचित भएका थिए। आजमात्रै उनको टिमबाट वडाअध्यक्षमा विजयी भएका यज्ञ भट्टले एमालेका शिर्ष नेताहरुलाई भेटेर एमालेमै फर्किने तयारी रहेको बताएका थिए। वडा अध्यक्ष भट्टका अनुसार आफुसहित डिलासैनीमा स्वतन्त्र निर्वाचित जनप्रतिनिधिहरुले संसदीय निर्वाचन अगाडि नै एमालेमा फर्किने तयारी गरेका छन्। 

कमेन्ट लोड गर्नुस