सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर एकैदिन कोरोनाका कारण ३ जना ज्यान गयो 

२०७९ भदौ ९, ०८:०४ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ४४४ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ 

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट लोड गर्नुस