बैतडीको डिलासैनीमा सरकारी सवारीसाधन दुरुपयोग
धनगढीः बैतडीको डिलासैनीमा सरकारी सवारीसाधन दुरुपयोग भैरहेको खुलेको छ। डिलासैनी गाउँपालिकाको सरकारी मोटरसाइकल दुरुपयोग भइरहेको बताइएको हो।
डिलासैनीमा एक स्थानीयका अनुसार सुप्रप ०१००१ ब २०६२ नम्बरको पालिकाको मोटरसाइकल नवनिर्वाचित अध्यक्षका आफन्त तथा कार्यकर्ताले दुरुपयोग गरिरहेको बताए। वीरेन्द्र नाथ लगायतका मान्छेहरुले उक्त मोटरसाइकल चलाउने गरेको उनले बताए।
उनीहरुले व्यक्तिगत प्रयोजनका लागि मोटरसाइकल प्रयोग गर्ने गरेको बताइएको छ। सुदूरपश्चिमका विभिन्न स्थानहरुमा घुम्ने प्रयोजनका समेत सोही मोटरसाइकल प्रयोग गरिएको बताइएको हो। तर, यसबारे डिलासैनी गाउँपालिकाका सूचना अधिकृत नविन कुमार रानाले भने दुरुपयोग नभएको र कार्यायलकै काममा प्रयोग गरिएको हुनसक्ने बताए।