बैतडीको सिन्केलेकमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
धनगढीः बैतडीको सिन्केलेकमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। जिल्लाको सुर्नया गाउँपालिका ३ को गोकुलेश्वर सडकखण्डमा राखिएको शंकास्पद वस्तुलाई बैतडीस्थित हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय गरेको हो।
मंगलबार दिउँसो शंकास्पद वस्तुलाई सुरक्षित रुपमा निष्क्रिय गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए। बिहान पनि सेनाले जिल्लाका विभिन्न दुई ठाउँमा राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय गरेको थियो।