बैतडीमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
२०७९ भदौ ६, १२:४०
बैतडीः बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका-६ थालाकी २० वर्षीय बिन्दु धामीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
सोमबार बिहान करिब ११ बजे थालाकाडाबाट उनलाई नेपालगञ्ज लगिएको बताइएको छ। आइतबार स्थानीय स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस