सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याद सकिएको ८ महिनासम्म दिपायल र पाटन विमानस्थल कालोपत्रे भएन

२०७५ फाल्गुन १९, ०७:२५ रोशन भट्ट

 नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बैतडीको पाटन विमानस्थलको जिम्मा पाएका ईन्जिनियर नलविक्रम थापाले केहि समय पहिले अगाडी दिनेश खवरसँगको कुराकानीमा पुस १५ बाट कालोपत्रेको काम सुरु गर्ने बताएका थिए। तर निर्धारित समय सकिएको ८ महिना पुगिसक्दा समेत कालोपत्रेको काम अगाडी बढेको छैन्। विमानस्थलमा कटिङ, फिटिङ र सव–बेसको काम सकिएको भएपनि कालोपत्रेको काम अझै सुरु नभएको हो।

११ करोड २९ लाखको लागतमा निर्माण भईरहेको पाटन विमानस्थलमा पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ। विभिन्न उपकरणको अभाव देखाउदै काममा ढिलाई भईरहेको छ भने छिटै सम्पन्न भए जेठ मसान्तमा मात्र सकिने ईन्जिनियर थापाले बताए।

यस्तै डोटीको दिपायल विमानस्थल पनि १७ वर्षदेखि गौ चरणमा परिणत भएको छ। पुनः निर्माण र कालोपत्रे गर्ने कार्यत्रमा ढिलासुस्ती र लापरवाही भएको दिपायलसिलगढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र बहादुर खड्काले गुनासो गरे। सुदूरपश्चिमको आर्थिक समृद्धी तथा पर्यटन संग जोडिएका दुई विमानस्थलको निर्माण कार्यमा ढिलाई हुदा समस्या भईरहेको छ। विमानस्थल निर्माणमा निर्माण व्यवसायीको लापरवाही भएको आरोप नेपाल नागरिक उड्डयन प्राधिकरणले लगाईरहेको छ तर ढिलाई गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा भने ल्याईएको छैन्। 
 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस