सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एकै परिवारका चार दिदीबहिनी सेना–प्रहरीमा, २ जना शिक्षिका

२०७९ भदौ ५, ११:५१ खबर संवाददाता

बैतडी:  बैतडीमा एकै परिवारका ४ दिदीबहिनी सुरक्षा निकायमा कार्यरत रहेको पाइएको छ। बैतडीको मेलौली नगरपालिका–७  गाउँकोटका ८ दिदी बहिनीमध्ये ३ बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्। मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द सेनामा तथा सरिता चन्द नेपाल प्रहरीमा सेवारत छन्।

यस्तै दुई बहिनीमध्ये मनिषाले नेपाल प्रहरी र अमृताले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन्। बाँकी जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक छन्। उनीहरु भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दका छोरी हुन्। 

कमेन्ट लोड गर्नुस