सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइने

२०७९ भदौ ५, १०:२९ खबर संवाददाता

धनगढी: आजबाट सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइन लागेको हो।

प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइन लागेको हो। यी जिल्लामा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुनेछ।
 

कमेन्ट लोड गर्नुस