सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट २ जनाको मृत्यु, २९९ संक्रमित थपिए

२०७९ भदौ ४, ०४:३४ खबर संवाददाता

काठमाडौंः कोरोनाका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। सो अवधिमा ५७७ जना निको भएका छन्। थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

देशभरबाट ४३३७ नमूना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७० र एन्टिजेनबाट २६६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ११९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४६२५ पुगेको छ।    


 

कमेन्ट लोड गर्नुस