सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीर्ण बन्यो सिगासको शिव मन्दिर, मर्मतसम्भारका लागि कोष स्थापना

२०७९ भदौ ४, ०१:४८ खबर संवाददाता

धनगढीः बैतडीको सिगास गाउँपालिकास्थित वडा नम्बर २ गाँजरीमा रहेको शिव मन्दिर जीर्ण बनेको छ। सिगास गाउँपालिकाको प्रवेश द्वार पनि मानिने गाँजरीमा रहेको सो ऐतिहासिक मन्दिर मर्मतसम्भारका अभावमा जीर्ण बनेको हो। 

मन्दिर संरचना निर्माणपछि संरक्षण तथा मर्मतसम्भारमा ध्यान नदिदा जीर्ण बनेको बताइएको छ। तर, अहिले भने युवा समूहले मन्दिरको संरक्षण र मर्मतसम्भारमा चासो देखाएका छन्। नेकपा एमाले सिगासका नेता सुर्यबहादुर बोहराले मन्दिरको मर्मतसम्भारका लागि कोष नै खडा गर्ने गरेर अभियान चलाएका छन्।

उनले मन्दिरको संरक्षण र मर्मतसम्भारका लागि कृष्ण जन्माष्टमीको दिन शिव मन्दिर विकास कोषको स्थापना गरिएको बताएका छन्। यस्तै उनले आफू कोषको अध्यक्ष रहेको र सहयोगका लागि पनि अपील गरेको जनाएका छन्। 

कमेन्ट लोड गर्नुस