सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोच्यो (कविता)

२०७९ भदौ ४, १२:१६

उसलाई सोच्ने छुट छ र निर्वाध सोच्छ
उसले गरेको परिकल्पनालाई
व्यवहारमा बदल्न खोज्दा
बालुवाको घर बालुवा नै भयो
मुक्त आकाशमा उडने रहर
कल्पना मात्र भए
परिकल्पनाले मन खेलीरह्यो
कविता लेख्यो कवि बन्यो
कविताले चर्चा पायो जहाँ त्यहिँ
कविजी मान सम्मान 
पत्रपत्रिका भरी कविता 
कल्पिदा कल्पिदै निदायो बिर्सियो कविताको प्लट
फुर्दै फुरेन शब्द 
राजनेताको सिहासनको कल्पना पलायो
उसलाई सोच्ने असिमित अधिकार छ
कसैले रोक्न सक्दैन सोच्नलाई
सारा सामराज्यको अधिपति भयो
विश्व विजेता यस्तै रैछ सोच्यो
सबै शक्ति चारैतिर चक्कर मारिरहेको पायो
प्राप्त असिमित अधिकारको 
भरपुर उपयोग गर्ने खोज्यो
सबै शक्तिका विषयमा सोच्यो
हिटलर, मुसोलिन, सद्दाम सोच्यो
अब्राहम लिङ्कन, गान्धी, मण्डेला सोच्यो
वर्लिन पर्खाल ढलेको 
सूर्य, चन्द्र, तारा, ग्रह सोच्यो
शून्य सोच्यो अनन्त सोच्यो
स्थुल बाट भावात्मक सूक्ष्म सोच्यो
अजेय, अमरत्व सोच्दै जादा
हनुमान, विभिषण, मार्कण्डेय, बलि
परशुराम, ब्यास, अश्वस्थामा, कृप सोच्यो
भगवान सोच्यो, हैवान सोच्यो
सोच्दै जादा स्वर्ग, नर्क सोच्यो
स्नेह, माया, ममता, प्रेम सोच्यो
आफन्त,पराया, शत्रु, मित्र सोच्यो
देखेको, भोगेको सोच्यो
सोचाइको गहिराइमा समुद्रमा
मोती लिइ फर्कने सोच्यो
उचाइमा आकाशका तारा झार्ने योजना बनायो
सोच्न सकेजति सोच्यो
तर मान्छे बन्न सोचेन

-कैलासकुमार पाण्डेय
परशुराम, १२ डडेल्धुरा

 

कमेन्ट लोड गर्नुस