सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा घाँस काट्न गएकी महिला बलात्कृत

२०७९ भदौ ४, ०७:२६ खबर संवाददाता

बाजुरा: बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस