सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि 

२०७९ भदौ ३, ०६:२९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा थप ५९ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। शुक्रबार स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पीसीआरबाट गरिएको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ। आजको दिन सेती अस्पतालमा ८ जना र डडेल्धुरा अस्पतालमा २ जनाको उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस