सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ६२३ जनामा कोरोना पुष्टि

२०७९ भदौ ३, ०५:१६ खबर संवाददाता

धनगढीः पछिल्लो २४ घन्टामा देशभरबाट ४९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६२१ र एन्टिजेनबाट ३३२४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २४६ र एन्टिजेनबाट ३७७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४८७ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५०२४ पुगेको छ।  


 

कमेन्ट लोड गर्नुस