सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सडक दुर्घटनामा परि सुदूरपश्चिमका एकजनाको ज्यान गयो 

२०७९ भदौ ३, ०७:४३ खबर संवाददाता

बैतडी: भारतमा ट्याक्टर दुर्घटनामा परेर बैतडीका एकजनाको मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–४ मल्लाजोखल्लीका इश्वरबहादुर नेगीको ट्याक्टर दुर्घटनामा मृत्यु भएको वडाअध्यक्ष हरिदत्त पन्तले बताए। 

भारतको हिमाञ्चल प्रदेशको काजा भन्ने स्थानमा मजदुरी गर्दै आएका नेगीको मृत्यु भएको उनले बताए। रोजगारीका लागि भारत गएका नेगीको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ।  गत बुधबार नेगीको मृत्यु भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस