सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नयाँ डिएसपी आएपछि धमाधम गाँजा फाड्दै प्रहरी 

२०७९ भदौ २, ०६:२५ खबर संवाददाता

बैतडीः बैतडीमा प्रहरीले गाँजा फडानी अभियान सुरु गरेको छ। जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी प्रेमबहादुर शाही आएसंगै गाँजा फडानी अभियान थालिएको छ। 

गाँजा लागुऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान थालिएको बताइएको हो। अहिलेसम्म सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस