सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जीप दुर्घटना अपडेट: मृतक ११ जनाको शनाखत भएन्

फाईल फोटो: दुर्घटना भएको तिंकर सडक
फाईल फोटो: दुर्घटना भएको तिंकर सडक
२०७५ फाल्गुन १८, ०८:२७

दार्चुलामा भएको जीप दुर्घटना परि मुत्यु भएका ११ जनाको अझै शनाखत हुन सकेको छैन्। आफन्त नआएकाले शनाखत नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। उनीहरुको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।  घाईते  जीप चालक दुहुँ गाँउपालिका वडा नम्बर २ का दिपक सिँह धामीलाई थप उपचारका लागि भारत लगिएको छ। दार्चुलाको सदरमुकाम खलंगाबाट हिकिला तर्फ जादै गरेको म १ ज २८० नम्बरको जीप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका ३  राताकाठा क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर ७ महिला, ३ पुरुष र  एक नावालिक गरि ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक माधव भट्टले जानकारी दिए। आफन्त आएपछि मात्र उनीहरुको शनाखत हुने उनले बताए।
 

कमेन्ट लोड गर्नुस