सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटना : मृत्यु हुनेको सङख्या ११ पुग्यो

फाईल फोटो  दुर्घटना भएको सडक
फाईल फोटो दुर्घटना भएको सडक
२०७५ फाल्गुन १७, ०९:३० खबर संवाददाता

दार्चुलामा भएको जीप दुर्घटना परि मुत्यु हुनेको सङख्या ११  पुगेको छ। सदरमुकाम खलंगाबाट हिकिला तर्फ जादै गरेको म १ ज २८० नम्बरको जीप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका ३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर ७ महिला, ३ पुरुष र  एक नावालिक गरि ११ जनाको शव फेला परेको दुर्घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक माधव भट्टले जानकारी दिए।तीन दिनअघि त्यही क्षेत्रमा सुख्खा पहिरो खस्दा एक जनाएको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। घटनास्थल दार्चुला सदरमुकाम खलंगाबाट आठ किलोमिटर दूरीमा पर्छ।  

कमेन्ट लोड गर्नुस