सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका जनप्रतिनिधीले विकासमा समेत विभेद गरेको आरोप

२०७५ फाल्गुन १७, ०६:१४ रोशन भट्ट

धनगढीका जनप्रतिनिधीले विकास निर्माणमा समेत विभेद गरेको आरोप लागेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को दमारी टोलका स्थानीयले जनप्रतिनिधीले नै विकास निर्माणका काममा विभेद गरेको आरोप लगाएका हुन्।

वडाको पुछार र जंगलको छेउमा पर्ने टोललाई स्थानीय जनप्रतिनिधिहरुले पनि विकास निर्माणको कार्यमा विभेद गरेको उनीहरुले बताएका छन्। वडाका अन्य वस्तीका सडकहरु तत्कालै कालोपत्रे भएका भएपनि दमारी टोलमा पर्ने सडक कालोपत्रे नभएको उनीहरुको गुनासो छ। सो क्षेत्रका स्थानीयले बाटो कालोपत्रे र नाली निर्माणका लागि उप–महानगरपालिकामा निवेदन समेत दर्ता गराएका थिए।

तर जनप्रतिनिधिहरु आफ्ना कार्यकर्ता र हुने खानेको घर अगाडी सम्म मात्र सडक कालोपत्रे गरेको आरोप स्थानीयको छ।  दमारी टोलमा अधिकांस घरहरु रानाथारु समुदायका छन। नगरपालिका भरी प्रायः सबै टोलहरुमा सडक पु¥याउने, कालोपत्रे गर्ने तथा सडक मर्मत गर्ने योजनाका साथ पुर्वाधारको क्षेत्रका काम गर्ने धनगढी उप–महानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को निति तथा कार्यक्रममा समेत उल्लेख गरेको छ।

तर दमारी टोलमा मात्र कालोपत्रे नगरेर जनप्रतिनिधीहरुले विभेद गरेको स्थानीय नीरु चौधरीले बताईन। धनगढी उप–महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को निति तथा कार्यक्रममा उल्लेख गरे अनुसार नगर भरिमा निर्माण र कालोपत्रे हुने सडकमा पहिले पक्की नाली निर्माण गर्ने भनिएको छ । 

तर वडा नम्बर ६ को दमारी टोलमा नगरपालिकाले न त सडक कालोपत्रे गरेको छ न त नाली निर्माण नै गरेको छ। तर स्थानीयहरु आफै मिलेर टोलमा नाली निर्माण गरेको स्थानीय सुन्दरप्रसाद चौधरीले बताए।

स्थानीय सरकार आएपछि समाज तथा टोलमा रहेका सबै समस्याको समाधन हुन्छ की भन्ने आशा स्थानीय जनतामा पलाएको थियो। जनप्रतिनिधी आएपछि उल्टै विकास निर्माणका कार्यमा विभेद भएको आरोप लागेको छ। सडक कालोपत्रेको माग गर्दै उप–महानगरपालिकामा स्थानीयले निवेदन दर्ता गराएको भएपनि वास्ता नगरेको गुनासो स्थानीयको रहेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस