सुदूर नेपाललाई विश्वसँग जोड्दै

बक्स अफिसमा पछारियो ‘लाल सिंह चड्ढा’

२०७९ भदौ १, १२:११ खबर संवाददाता

काठमाडौं: आमिर खान र करीना कपूर खानको फिल्म लाल सिंह चड्ढाले बक्स अफिसको व्यापारलाई निराश बनाएको छ। मंगलबार फिल्मले अहिलेसम्मकै न्यून कमाई गरेको छ। 

लाल सिंह चड्डाले सकारात्मक समीक्षा गरिए पनि बक्स अफिसमा असफल भइरहेको छ। फिल्मले ६ दिनमा ५० करोडको आँकडा पनि पार गर्न सकेको छैन। प्रारम्भिक जानकारी अनुसार लाल सिंह चड्डाले मंगलबार मात्रै २ करोड कमाएको छ। योसँगै फिल्मको हालसम्म कुल कलेक्सन ४८ करोड मात्र भएको छ।

कमेन्ट लोड गर्नुस