सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको काश्मिरमा बस दुर्घटना हुँदा ६ सुरक्षाकर्मीको मृत्यु

२०७९ साउन ३१, १०:४६ खबर संवाददाता

नयाँ दिल्ली – भारतको काश्मिरमा  मङ्गलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ।

भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको भारतीय सञ्चार माध्यामले जनाएका छन्। 

दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन। उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ।

काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रु बहाक बस नदीमा खसेर दुर्घटना भएको हो।

चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 
 

कमेन्ट लोड गर्नुस