सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै अस्पताल नभएकाले सुदूरपश्चिमका नर्सिङ कलेजले भर्नाको अनुमति पाएनन्

२०७९ साउन ३१, ०२:५० खबर संवाददाता

धनगढी:  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ। सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो।

चिकित्सा शिक्षा ऐन लागू हुनुअघि सीटीईभीटीले १०९ वटा कलेजलाई पीसीएल नर्सिङ अध्यापन गराउने अनुमति दिने गरेको थियो। तर, ऐन लागू भएपछि १०० शय्याको आफ्नै अस्पताल नभएका नर्सिङ कलेजलाई अध्यापन गराउने अनुमति रोकिएको छ। जसअनुसार सुदूरपश्चिमका कलेजहरुलाई पनि भर्ना गर्न रोक लगाइएको छ।

परिषद्ले गत वर्ष ४५ वटा नर्सिङ कलेजलाई भर्नाका लागि अनुमति दिएको थियो। तर, चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ अनुसार, विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न नहुने भन्दै चिकित्सा शिक्षा आयोगले ऐन विपरीत भर्ना नलिन निर्देशन दिएको थियो। सोही अनुसार १६ वटा क्याम्पसलाई भर्ना प्रक्रिया अघि बढाउन रोक लगाइएको थियो। 

सीटीईभीटीले प्रदेश १ का ५, मधेश प्रदेशका १०, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका चार, लुम्बिनी प्रदेशका तीन वटा कलेजलाई नर्सिङ अध्यापन गराउन अनुमति दिएको छ। उक्त सूचीमा सुदूरपश्चिमकाे एउटा कलेज पनि परेको छैन। 

कुन कलेजलाई कति सिट?

PCL-Nursing-Admission-Open-2079-(Full-Fee-Paying)-from-CTEVT-2.png

PCL-Nursing-Admission-Open-2079-(Full-Fee-Paying)-from-CTEVT-1.pngPCL-Nursing-Admission-Open-2079-(Full-Fee-Paying)-from-CTEVT-3.png

कमेन्ट लोड गर्नुस