सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा ३९ प्रहरी बोकेको बस दुर्घटना, सातको मृत्यु

२०७९ साउन ३१, ०२:१५

एजेन्सी: कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस)को बस दुर्घटनाग्रस्त भएको छ। बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको जानकारी दिएको छ। घटनास्थलबाट आएको तस्बिरमा बस पूर्ण रुपमा क्षतीग्रस्त भएको देखिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार यी जवान चन्दनबाडीबाट पहलगाम जाँदै थिए। बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

सीमा सुरक्षा बलले एक ट्वीट गरेर अमरनाथ यात्राको ड्युटीबाट फर्किरहेका जवानलाई बोकेको बसको दुर्घटना भएको जानकारी दिएको छ। बस साधुपडाव र चन्दनवाडीको बीचको एक ढलानबाट नदीमा खसेको हो। नजिकै तैनाथ बीएसएफका जवान घटनास्थलमा पुगेका छन् र सबैभन्दा उद्दारकार्यमा जुटेका छन्।

 

 

 

कमेन्ट लोड गर्नुस