सुदूर नेपाललाई विश्वसँग जोड्दै

आङ सान सुकीलाई भ्रष्टाचारको ४ वटा मुद्दामा ६ वर्षको जेल सजाय

२०७९ साउन ३१, ०५:४९

एजेन्सी: म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ। भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ।  

सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो। यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ। ७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ।

म्यान्मारमा सैन्य शासनको कट्टर विरोधीमध्येकी एक सुकीमाथि भ्रष्टाचार तथा चुनावी उल्लङ्घनलगायतका १८ वटा अपराधको आरोप लागेको थियो। ती विभिन्न आरोपमा एक सय ९० वर्षभन्दा धेरैको सजाय तोकिसकेको छ। तर सुकीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएकी छिन्। सन् २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर सुकीलाई पक्राउ गरेको थियो। 

कमेन्ट लोड गर्नुस