सुदूरपश्चिममा थप सय जनामा कोरोना पुष्टि
धनगढीः भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन्। आज सोमबार मात्रै प्रदेशमा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडी र डोटीमा ८१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा १०७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।